नाइस टेलिभिजन नेटवर्क प्रा. लि.
सूचना विभागमा दर्ता नं. : 567890-324234
Office: का.म.पा. ७, चाबहिल, काठमाडौं
Phone: नाइस टेलिभिजन नेटवर्क प्रा. लि.
Admin: admin@nicesamachar.com

चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप, आधा सेकेन्डमै ५० जीबीको फिल्म डाउनलोड

Mayan Thapa
Mayan Thapa

चीनमा जुन सिक्स जी चिपसेट तयार गरिएको छ, त्यसको आकार ११ मिलिमिटर गुणा १.७ मिलिमिटर रहेको छ । यो चिपसेटले न्यून फ्रिक्वेन्सीमा पनि काम गर्न सक्दछ । यसबाट मोबाइल तथा अन्य डिभाइसमा उत्कृष्ट इन्टरनेट स्पीडयुक्त राम्रो कनेक्टिभिटी प्राप्त हुनेछ ।


China develops the world’s first 6G chip, capable of downloading a 50GB movie in half a second

२२ भदौ, काठमाडौं। सूचना प्रविधिको क्षेत्रमा चीनले आफूलाई पुनः विश्वकै अग्रणी साबित गर्दै विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गरेको छ । यसले दुर्गम क्षेत्रमा उच्चगतिको इन्टरनेट प्रदान गर्नेछ ।

चिनियाँ वैज्ञानिकले पातलो लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र नवीन संरचनाको प्रयोग गरी उच्चगतिको वायरलेस सञ्चार चीपको विकास गरेका हुन् ।

समाचार अनुसार विद्यमान इन्टरनेट गतिको तुलनामा सिक्स जी चिपबाट ५ हजार गुणा तेज इन्टरनेट स्पीड प्राप्त हुनेछ । यसबाट विश्वका ग्रामीण क्षेत्रलाई समेत फाइदा पुग्नेछ, जहाँ अहिलेसम्म उच्चगतिको इन्टरनेट पुग्न सकेको छैन । यो चिपले भविष्यको सिक्स जी इन्टरनेटको विश्वसनीयता तथा क्षमतामा वृद्धि गर्नेछ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ शोधकर्ताहरुले बेइजिङस्थित पेकिंग विश्वविद्यालय र हङ्‌कङको सिटी विश्वविद्यालयका शोधकर्ताहरुसँग मिलेर तयार पारेका हुन् । नेचर जर्नलमा प्रकाशित उक्त शोध अनुसार यसलाई सबै फ्रिक्वेन्सीमा चल्ने सिक्स जी प्रविधि भनिएको छ जसले मोबाइल स्पीडलाई कैयौँ गुणा बढाउनेछ। यो इन्टिग्रेटेड अप्टोइलेक्ट्रोनिक फ्युजन प्रविधिमा आधारित रहेको बताइएको छ ।

चीनमा जुन सिक्स जी चिपसेट तयार गरिएको छ, त्यसको आकार ११ मिलिमिटर गुणा १.७ मिलिमिटर रहेको छ । यो चिपसेटले न्यून फ्रिक्वेन्सीमा पनि काम गर्न सक्दछ । यसबाट मोबाइल तथा अन्य डिभाइसमा उत्कृष्ट इन्टरनेट स्पीडयुक्त राम्रो कनेक्टिभिटी प्राप्त हुनेछ ।

नयाँ पुस्ताको वायरलेस सञ्चारको रुपमा सिक्स जी इन्टरनेटमा विविध फ्रिक्वेन्सी ब्याण्डमा उच्च गतिको डेटा ट्रान्समिसन आवश्यक पर्दछ । यो आवश्यकतालाई सिक्स जी चिपले पूरा गर्नेछ ।

सिक्स जी चिपसेटको सहयोगमा एक सेकेण्डमै १ सय जिबीसम्म डेटा ट्रान्सफर गर्न सकिनेछ । यसले पूर्णरुपमा वायरलेस स्पेक्ट्रममा काम गर्नेछ ।

सिक्स जी चिपबाट प्राप्त हुने इन्टरनेट स्पीड यति शक्तिशाली हुनेछ कि ५० जिबीको एचडी ८के फिल्म आधा सेकेण्डभित्रै डाउनलोड गर्न सकिेनछ । त्यस्तो इन्टरनेट स्पीड केवल सहरी क्षेत्रमा मात्र नभई ग्रामीणी इलाकासम्मै प्राप्त गर्न सकिने दाबी गरिएको छ ।

चिपसेट वास्तवमा मोबाइल वा कुनै पनि स्मार्ट विद्युतीय डिभाइसका लागि मानिसको मस्तिष्क जस्तै हो । यसले मेमोरी, स्टोरेज, ग्राफिक्स तथा अन्य हार्डवेयरको बीचमा एक सञ्चार स्थापित गर्दछ ।

कतिपयले सिक्स जीको उच्च इन्टरनेट गतिसँगै विद्युत चुम्बकीय विकिरणको खतरा बढ्ने र त्यो मानव स्वास्थ्यका लागि समेत हानिकारक हुने दाबी गरेका छन् । साथै कतिपयले उच्च गतिको इन्टरनेटसँगै साइबर हमलाको खतरा पनि बढ्ने र डेटा गोपनियतामाथि पनि जोखिम बढ्ने बताउँछन् ।

स्मरण रहोस्विद्यमान फाइभ जी प्रविधिले सीमित फ्रिक्वेन्सी रेन्जमा का मगर्दछ । जबकि सिक्स जी चिपले भने ०.५ गिगाहर्ज देखि ११५ गिगाहर्जसम्मका सबै स्पेक्ट्रममा का मगर्नेछ । एजेन्सीको सहयोगमा