इजरायलले हमासद्वारा प्रस्ताव गरिएको युद्धविराम सम्झौतालाई अस्वीकार गर्दै गाजा सहरमा सैन्य कारबाही जारी राख्ने स्पष्ट सङ्केत दिएको छ । हमासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली बन्धकहरूको रिहाइ सँगै प्यालेस्टाइनी बन्दीहरूको अदलाबदल, गाजाबाट इजरायली फौजको फिर्ता, सीमाना नाकाहरू पुनः सञ्चालन, मानवीय सहायता आपूर्ति र गाजाको पुनर्निर्माण कार्य प्रारम्भ गर्ने प्रस्तावसहित एक व्यापक सम्झौता प्रस्तुत गरेको थियो ।