नाइस टेलिभिजन नेटवर्क प्रा. लि.
सूचना विभागमा दर्ता नं. : 567890-324234
Office: का.म.पा. ७, चाबहिल, काठमाडौं
Phone: नाइस टेलिभिजन नेटवर्क प्रा. लि.
Admin: admin@nicesamachar.com

अस्ट्रेलियन ब्याटर क्रिस लिन एनपिएलका लागि नेपाल आउने पक्का

Iswor Shrestha
ईश्वर श्रेष्ठ

लिन अस्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन्। उनले इन्डियन प्रिमियर लिगसहित विश्वका धेरै फ्रेन्चाइज लिगहरुमा समेत खेलिसकेको अनुभव छ।


Australian batter Chris Lynn confirmed to come to Nepal for the NPL

सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ। 

लिनले टी-२० फर्म्याट मा २९३ खेल खेलेका छन् र ८ हजार भन्दा बढी रन बनाएका छन्। आक्रामक ब्याटिङका लागि चर्चित लिनले अस्ट्रेलियाबाट १८ वटा टी-२० अन्तर्राष्ट्रिय र ४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन्।

लिन अस्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन्। उनले इन्डियन प्रिमियर लिगसहित विश्वका धेरै फ्रेन्चाइज लिगहरुमा समेत खेलिसकेको अनुभव छ।

लिनले नेपाल आउने कुराले आफू उत्साहित भएको बताएका छन्।

उनले भने, ‘म नेपाल प्रिमियर लिगमा खेल्न पाउँदा निकै उत्साहित छु। यहाँका क्रिकेटप्रेमीहरूको अगाडि र प्रतिभाशाली खेलाडीको समूहसँगै खेल्न पाउनु रोमाञ्चक हुनेछ।’

टिम मालिक स्वतन्त्र प्रताप शाहले लिनलाई भित्र्याएपछि भने, ‘बिग ब्यास लिगमा प्रतिष्ठा कमाएका अस्ट्रेलियन खेलाडीलाई पहिलो संस्करणदेखि नै हाम्रो योजनामा राखेका थियौं। क्रिस लिन टिममा सामेल भएकोमा हामी निकै खुशी छौं र उनको आगमनले टिमलाई अझै मजबुत बनाउनका साथै नेपाल प्रिमियर लिगको प्रतिष्ठा बढाउनेमा विश्वास गर्छौं।’

अस्ट्रेलियाको राष्ट्रिय टोलीमा भने उनले २०१८ देखि खेलेका छैनन्। यो सिजनको एनपिएल मंसिर १ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। त्यसका लागि सबै आठ टोलीले नेपाली खेलाडी अक्सनमार्फत भित्र्याइसकेका छन् भने विदेशी खेलाडी भित्र्याउने प्रक्रिया जारी छ।