नाइस टेलिभिजन नेटवर्क प्रा. लि.
सूचना विभागमा दर्ता नं. : 567890-324234
Office: का.म.पा. ७, चाबहिल, काठमाडौं
Phone: नाइस टेलिभिजन नेटवर्क प्रा. लि.
Admin: admin@nicesamachar.com

रसायनशास्त्रमा नोबेल पुरस्कार आज घोषणा हुँदै

रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले आज (बुधबार) रसायनशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार घोषणा गर्ने भएको छ । सन् १९०१ देखि सन् २०२४ सम्ममा १९५ जना विज्ञलाई ११६ पटक रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको छ । सन् २०२४ को पुरस्कार सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका बायोकेमिस्ट डेभिड बेकर र लन्डनस्थित ब्रिटिस–अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान संस्था गुगल डिपमाइन्डका कम्प्युटर वैज्ञानिक डेमिस ह्यासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो ।