नाइस टेलिभिजन नेटवर्क प्रा. लि.
सूचना विभागमा दर्ता नं. : 567890-324234
Office: का.म.पा. ७, चाबहिल, काठमाडौं
Phone: नाइस टेलिभिजन नेटवर्क प्रा. लि.
Admin: admin@nicesamachar.com

एच एन्ड बी बैंक घोटालामा १२ करोड जरिबाना र १० वर्ष कैद तोकिएका व्यक्ति समातिए

Iswor Shrestha
ईश्वर श्रेष्ठ

पक्राउ पर्नेहरूमा काठमाडौं महानरपालिका–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् ।


Person sentenced to 10 years in prison and fined 120 million in the H&B Bank scam arrested

२० भदौ, काठमाडौं । बैंक घोटाला प्रकरणमा करिब १२ करोड जरिवाना र १० वर्ष कैद सजाय तोकिएका दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानरपालिका–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । त्यसैगरी श्रेष्ठविरुद्ध २ करोड ५० लाख जरिवाना र ३ वर्ष कैदको फैसला भएको थियो । लामो समयदेखि उनीहरू फरार हुँदै आएका थिए ।

उनीहरू एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणका दोषी रहेको प्रहरीले बताएको छ । प्रधानलाई ९ करोड २१ लाख ५० हजार जरिवाना र ७ वर्ष कैदको फैसला भएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।

बैंकका कर्मचारीको मिलेमतोमा गुड फर पेमेन्टका नाममा ठूलो रकम घोटाला गरिएको अनुसन्धानबाट खुलेको थियो । २०६९ सालमा यो बैंकको घोटाला प्रकरण बाहिर आएको थियो । त्यसपछि विशेष छानबिन समिति बनाएर छानबिन गरिएको थियो ।